हाँस्य कलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्ने बुढा’लाई ‘मेरी बाँस्सै’ नामक सिरियलले स्थापित गराइदियो । तर, पछि यी दुई यो सिरियलमा काम गर्दा गर्दै छुट्टएि ।
बजारमा, सिताराम र केदारविच सम्बन्ध विग्रिएको चर्चा पनि चल्यो । यहिविचमा, सिताराम ‘नमुना बस्ती’ निर्माणतर्फ लागेपनि केदार चलचित्रमा अभिनय गर्नतर्फ लागे । तर, अहिले सिताराम र केदारको सम्बन्ध सुमधुर बनेको छ ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजना गरेको ‘कलाकारका लागि दिवा भोज’ कार्यक्रममा पुगेका सितारामलाई केदारले ५१ हजार नगद हस्तान्तरण गरे ।अमेरिकामा बस्दै आएका रामबाबु पाण्डेले केदारलाई सितारामले ‘एकिकृत नमुना बस्ती’ निर्माणको समयमा रकम अपुग भएको खबर सुनेपछि पठाइदिएका थिए । तर, सिताराम र केदारको भेट नै भएन ।सितारामले केदारलाई भेटेरै दिन आग्रह गरेपछि यो पैसा केदारसँगै रहेको थियो । रकम हस्तान्तरण गदर्ैै केदारले सितारामले गर्न लागेका आगामी दिनका काम सफल होस् भनेर शुभकामना दिए ।
यस्तै, सितारामले पनि यो रकम आगामी परियोजनामा खर्च गर्ने बताए । उनले, केदारसँग आफ्नो सम्बन्ध कहिल्यै नविगि्रएको समेत स्पष्ट पारे ।स्रोत (अनलाइन खबर)
गृहपृष्ठ कभर स्टोरी हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा)द्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाइ रु १५००० सहयोग...