असोज २२ काठमाडौँ,
छोटो समयमा नै दर्शक श्रोताको मन मुटु र नजरमा पर्न सफल रहेका गायक प्रदीप लामाले,बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजना र नेपाली गीत संगीत ईतिहासमै सवैभन्दा वढि विधा समेटिएर आयोजना गरिएको सबैभन्दा पुरानो र लोकप्रिय नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्डमा गायक प्रदीप लामाले”नेपाली हामी नेपाली”बोलको राष्ट्रिय गीतबाट सिंगापुरमा हालै सम्पन्न भएको नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डबाट उत्कृष्ट राष्टिय गीतको अवार्ड हात पार्न सफल भएका छन्।
नेपाली हामी नेपाली” नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डमा राष्ट्रिय गीत उत्कृष्टमा परेका छन् ।
गायक प्रदीपको लागि यो एक ठुलो चुनौती नै साबित भएको छ ।निकै छोटो समयमा उनले पाएको यो ठुलो उपलब्धि हो । आफ्नै देशको माटोमा साँझ बिहान घाम पानी सहँदै नेपाली सांगीतिक क्षेत्रमा गरेको मेहेनत र संगर्षको सहि मुल्यांकन हो यो ।
गायक प्रदीप लामाको कलाको सहि सम्मान भने भएको छ । उनले आफ्नो गीतलाई मनपराईदिनु भई यो ठाउँ सम्म लिएर आईदिनु भएकोमा सम्पूर्ण दर्शक श्रोता प्रति आभार समेत प्रकट गरेक छन् ।
गायक प्रदीप लामाले नेपाली हामी नेपाली बोलको राष्ट्रिय गीतको भिडियो: