हिजो बेलुकी पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गयो, शव भने बल्ल निकालिंदै

0
1168

साउन २१ काठमाण्डौ | हिजो बेलुकी पाल्पामा जीप दुर्घटना भयो । पाल्पाको रिब्दीकोट गाउँपालिका ६ ठिमुरे ढुस्टुङ्गमा भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गयो । घटनामा तानसेन नगरपालिका १० गणेशालका २६ वर्षीय विवेक पौडेल र ३६ वर्षीय टंक चलाउनको ज्यान गएको हो । हिजो बेलुका ज्यान गुमएकाहरुको शव निकाल्ने प्रयास भने बल्ल आज हुँदैछ ।

जीपमा भएका दुबै जनाको घटनास्थलमै ज्यान गए पनि हिजो बेलुकी उनीहरुको उद्धार हुन नसक्दा प्रहरीले दुवै जना बेपत्ता भएको जनाएको थियो । घटनास्थलमा पहिरोका कारण ढुंगा खस्न नरोकिएको र रात परेकाले हिजो उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । स्रोत ओएस नेपाल |

तानसेनबाट विद्युतका सामाग्री लिएर ठिमुरेतर्फ जाँदै गरेको बा १ च ८९७० नम्बरको निजी हाईलक्स टोयटा जीप ठिमुरे ढुस्टुङ्गमा दुर्घटनामा परेको थियो । साँघुरो कच्ची सडकदेखि खोँचमा परेको शवलाई स्थानीयको सहयोगमा निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here