हिटर बालेर सुत्दा पनौतीमा आगो लाग्यो १ जनाको मृत्यु !

0
908

पुष १० सोमबार काठमाण्डौ !
चोसो बढे संगै कोठालाई न्यानो राख्न हिटरको प्रयोग गर्ने क्रम बढेको छ ! तर काभ्रेको पनौतीमा हिटर बालेर सुत्दा १ जनाले ज्यान गुमाएका छन् ! हिटरबाट सल्किएको आगोमा जलेर काभ्रे पलान्चोकको पनौती नगरपालिका ५ मा आइतबार राति १ जनाको मृत्यु भएको हो ! हिटरबाट सल्केको आगोमा परि भारतीय नागरिक सुजित जैसवालको ज्यान गएको प्रहरीले जनाएको छ ! जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले हिटरबाट सल्केको आगोमा परि आइतबार राति ११ बजे निर्माण सम्बन्धि काम गर्ने भारतीय नागरिकको ज्यान गएको पुष्टि गरे ! प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here