मिस वर्ल्डमा प्रतिस्पर्धा गरिरहेकी नेपाली सुन्दरी श्रृङ्खला खतिवडा आफ्नो पछिल्लो भिडियो सन्देशमा रोएकी छन् । हेड टु हेड च्यालेन्जमा मिस सिंगापुरसँग पराजित भएपछि उनले भिडियो पठाएकी छन्। भिडियोमा श्रृङ्खला आँखा रसाउँदै भावुक बनेकी छन्। श्रृङ्खलाले आफू प्रतिस्पर्धाबाट हारिनसकेको भन्दै निरास नहुन पनि आग्रह गरेकी छन्। उनले आफ्नी प्रतिस्पर्घी मिस सिंगापुरलाई गरिएको गालीबारे पनि मुख खोलेकी छन्।
मिस वर्ल्डको हेड टु हेड च्यालेन्जको पहिलो राउण्डमा समूह विजेता बनेकी नेपाली प्रतिस्पर्धी श्रृङ्खला खतिवडा दोस्रो चरणमा भने पराजित हुनुपर्यो। श्रृङ्खला शनिबार भएको हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी भेनिसा पेहलासँगको प्रतिस्पर्धामा छनोट बाहिर परिन्। सिंगापुरे सुन्दरीले तीनजना जजको समर्थन पाएर श्रृङ्खलालाई पछि पारिन्।
बारम्बार ‘सरी नेपाल’ भन्दै श्रृङ्खलाले आफू छानिन नसकेकोमा माफी मागेकी छन्। बाहिरिएपछि श्रृङ्खलाले एक भिडियो सन्देश आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छन्। भिडियोमा श्रृङ्खलाले भावुक अभिव्यक्ति दिँदा उनका आखा रसाएका छन्। भिडियोः