हेलिकप्टरमा डा. केसीलाई काठमाडौं ल्याइयो |

0
409

काठमाडौं । इलाममा ९ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि बिहिबार राति काठमाडौं ल्याइएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।

बिहिबार राति १० बजेर ३ मिनेटमा इलाम अस्पतालबाट उनलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याइएको थियो । इलाममा हेलिकोप्टर ल्याण्ड गर्न असम्भव भएपछि भद्रपुरबाट उनलाई काठमाडौँ ल्याइएको उनका सहयोगीले बताएका छन् ।

उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा उपचार भइरहेको छ । उनको अबस्था चिन्ताजनक नै रहेको उनी निकट स्रोतले जनाएको छ ।

उनका सहयोगी प्रितम सुवेदीका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाम गएको सरकारी चिकित्सक टोलीको आग्रहमा उनी काठमाडौं आउन राजी भएका थिए ।

चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसी १६ औं अनसनमा बसेका हुन् । यो न्युज हामीले internetsansar बाट लिएका हौँ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here