होशियार हुनुहोस आजबाट काठमाडौंमा दिउँसो पनि टिपर चल्न पाउने |

0
523

कार्तिक १४ काठमाण्डौ | आज (बुधबार)देखि काठमाडौं उपत्यकामा दिउँसो पनि टिपर चल्ने भएका छन्।
बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टिपर चल्ने भएका हुन्।
टिपरबाट धेरै दुर्घटना हुन थालेपछि यसअघि उपत्यकामा राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र चलाउने अनुमति दिइएको थियो।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र पदाधिकारीको संयुक्त बैठकको निर्णयअनुसार कात्तिक मसान्तसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टिपर खुला गरिएकाे महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार छठ पर्वसम्म उपत्यकामा गाडीको चाप कम हुने भएकाले महाशाखाबाट पास लिएका टिपरलाई दिउँसो पनि चल्न दिने निर्णय भएको हो।

सवारीचालक अनुमतिपत्र, ब्लुबुकको प्रतिलिपि र हालसालै खिचिएको फोटोसहितको विवरण संलग्न गरी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए उपयुक्तताका आधारमा अनुमति दिने बताइएको छ।
अन्यलाई भने साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म चल्न दिइनेछ। कात्तिक मसान्तपछि भने फेरि पुरानै नियम लागू हुने ट्राफिक प्रहरीले जानकारी दिएको छ। source nepalkhabar |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here