१० घर नष्ट भए आगलागीले : परिवारको विचल्ली !

0
1320

माघ २६ शुक्रबार काठमाण्डौ !
प्युठान सरुमारानी गाउँपालिका २ अदुवाबारी बन्गेशाला प्युठानका निमबहादुर दर्लामी छोरीको बिबाहको तयारीमा जुटिरहेका थिए ! छोरी प्रिती दर्लामीको आइतबार बिबाह गरिदिने निधो भैसकेको छ ! उनले गाउँ भरि बिबाहको निम्तो समेत गरिसकेका छन् ! बिबाहका लागि चाहिने सबै खर्चको समेत दर्लामीले जोहो गरिसकेका थिए ! तर बुधबार राति घरमा भएको आगलागीले उनको सपना चकनाचुर बनाइदियो ! गाउँभरि पांच सय जनालाई निम्तो गरिसकेको छु,बिलौना गर्दै उनले भने ! बिबाह हुनु तिनदिन अघि यस्तो बिपत्ति आइलाग्यो ! बंगेशालकै ददेरिमा छोरीको बिबाह गर्ने तयारीमा रहेको उनले सुनाए ! छोरीलाई दाइजोका लागि दराज बक्स पालङ ,र सुन किनिसकेको थिएँ दर्लामीले भने ,एक तोला सुन थियो सबै जल्यो ! उनको मात्र घरमा आगलागी भएन ! संगै जोडिएका दुई भाइको पनि घर जलेर नष्ट भयो ! खरले छाएको घर भएकाले सबैको घर जल्यो ! दाजुभाइ कुल बहादुर र नुम बहादुर दर्लामीको समेत घर जलेर नष्ट भएको छ ! घरमा भएका लताकपडा ,भाँडाकुँडा ,कागजात सबै जलेर नष्ट भएका छन् ! केटाकेटिले आगो चलाउँदा सबै घर जलेर नष्ट भए !,निम बहादुरले भने जति प्रयास गर्दा पनि निभाउन सकिएन ! गाउँमा आगलागी हुँदा समेत गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरु भने बेखबर जस्तै बनेको पिडितहरुले गुनासो गरेका छन् !अर्कोदिन बितिसक्दासम्म पनि गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायत बडा अध्यक्षहरु कोहिपनि आफुहरुको पिडामा साथ् नदिएको पिडितहरुले गुनासो पोखे ! चुनावमा घरघरै भोट माग्न आएका नेताहरुले घरमा आगलागी हुँदा समेत वेवास्ता गरेको गुनासो अग्नि पिडितहरुले सुनाए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here