१० दिनदेखि अर्घाखाँची वडा नम्बर २ का वडाध्यक्ष विष्णुप्रसाद भुसाल वेपत्ता |

0
768

पुष १८ काठमाण्डौ | सन्धिखर्क : अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुप्रसाद भुसाल ‘विनोद’ १६ दिनदेखि सम्पर्कबिहीन भएका छन्। पुस २ गते मालारानी २ डाडाकटेरीस्थित घरबाट वडा कार्यालयको मोटरसाइकल मर्मत गर्ने भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कबिहीन भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।

खोजीको क्रममा वडाध्यक्ष भुसालको मोबाइलको कल डिटेल निकालिएको, सन्धिखर्कको शान्ती बगैंचामा रहेको सिसि क्यामेरामा पुस २ गते कैद भएको भिडियो हेरिएको र अन्य संयन्त्र प्रयोग गरी खोजी भइरहेको प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए। वेपत्ता भएको जानकारी ३ गते नै प्रहरी, प्रशासनमा दिएर खोजी गर्न थालिएको दाजु जीवलाल भुसालले बताए ।

गोरुसिंगेसम्म बस चढेर गएको तर त्यहाँबाट उनी कहाँ गए भन्ने बारेमा कसैलाई थाहा हुन नसकेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए । वडाध्यक्ष भुसालले चलाउने मोबाइल बसमा खसालेकोले बस चालकमार्फत मोबाइल घरमा आइसकेको छ। सन्धिखर्कदेखि गोरुसिंगेसम्मको झन्डै ३ घण्टाको समयमा गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, वडा सदस्य लिलबहादुर पाण्डे र श्रीमतीसमेतले फोन गर्दा पनि उनले फोन नउठाएको गाउँपालिकाका अध्यक्ष आचार्यले बताए। उनी फर्निचर उद्योगको लागि चाहिने सामान लिन हिडेको आशंका गरिएपनि एकपटक पनि हराएको मोबाइल नम्बरमा अन्य नम्बरबाट सम्पर्क गरेका छैनन्।

वडाध्यक्ष भुसालको वडा सचिव गंगाराम चौधरीसँग मंसिर २९ गते फोनमा सामान्य भनाभन भएको थियो। उनले पौष ४ गते गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको स्वीकृत बिनै हुलाकमार्फत पौष १३ गतेसम्मको बिदाको निवेदन पठाएका थिए । सचिव चौधरीसँग प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र प्रहरी नायब उपरीक्षक नवराज मल्लले सोधपुछ गर्दा घटनामा सचिवको कुनै संलग्नता नदेखिएको प्रहरीको भनाइ छ। वडाध्यक्ष भुसालको खोजीको निम्ति सम्पूर्ण संयत्र प्रयोग गरी अनुसन्धान भइरहेको प्रनाउ मल्लले जानकारी दिए। स्रोत annapurnapost |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here