११ नपाली बेलायति जेलमा कष्टकर जिबन बिताउँदै !

0
755

माघ १० बुधबार काठमाण्डौ !
बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय भोगिरहेका छन् ! बेलायतको मन्त्रालय (होम अफिस)ले लन्डनस्थित नपाली दुतावासलाई उक्त तथ्यांक दिएको हो ! दुतावासका उपनियोग प्रमुख शरदराज आरणले यस अघि २० नेपाली जेलमा रहेपनि हाल ११ नेपालीले जेल सजाय भोगिरहेको जानकारी पाइएको बताए ! चोरी ,लागुऔषध कारोबार ,गैर कानुनि ,काम र बसाइ र अन्य अपराधका कारण नेपाली जेल परेका पाइएको छ ! दुतावासका प्रबक्ता समेत रहेका आरणले भने ,भिसा सकिए पछि गैर कानुनि बसेका नेपाली समेत समातिएर जेल जाने क्रम बढेको पाइएको छ ! डेटा प्रोटेक्सन एक्ट अनुसार व्यक्तिको विवरण सबै खुलाउन नमिल्ने भएर पनि जेल बसेका नपाली बारे पर्याप्त सुचना थाहा नभएको दुतावासको भनाइ छ ! केहि समय अघि लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा एक नपाली चमन श्रेष्ठलाई ब्रिटेनस्थित रेडिन क्राउन कोर्टले २ बर्ष ८ महिना जेल सजाय सुनाएको थियो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here