१७ लाख को रिचार्ज कार्ड चोरी गर्ने युवा पक्राउ |

0
631

कार्तिक १५ काठमाण्डौ | रोल्पामा चोरीको रिचार्ज कार्ड बेचिरहेको अवस्थामा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ । प्रहरी ले दाङको भालुवाङबाट १७ लाखको रिचार्ज कार्ड चोरी गरी रोल्पामा बिक्री गरीरहेको अवस्थामा ती युवालाई पक्राउ गरेको हो ।

उनले गत असोज २३ गते दाङको भालुवाङबाट रिचार्ज कार्ड चोरेका थिए । प्रहरीले रोल्पाका दलबहादुर पुनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङको विशेष टोलीले उनलाई चोरी भएको २१ दिनपछि रोल्पामा पक्राउ गरेको जानकारी दिएको छ ।

पुनले रिचार्ज कार्ड प्युठानको स्वर्गद्वारीमा रहेको आफ्नो ससुराली घरमा लुकाएको अवस्थामा बरामद भएको हो । प्रहरीक अनुसार चोरी गरेको कार्डमध्ये केही बिक्री भइसकेको र केहि ससुरालीको घरमा लुकाएर राखेको अवस्थामा वरामद भएको हो ।

पुनले चोरी गरेका कार्ड रोल्पाको थवाङ गाउँपालिका २ को क्षेत्रमा बिक्री गरीरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक कृष्णहरी शर्माले जानकारी दिए । पुनले दाङबाट चितवन लैजादै गरेको १७ लाख रूपैयाँ बराबरको नेपाल टेलिकमको रिजार्ज कार्ड भालुवाङमा बाटोमै चोरी गरेका थिए । os nepal |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here