२० वर्षीया युवतीलाई २ पटक सम्म बलात्कार गरेर शरीरलाई टुक्रा टुक्रा पारेर शहरका विभिन्न भागमा अनि मा ….

0
668

पुष १२ काठमाण्डौ | रुसको साइबेरियाई शहर टोम्स्कमा डरलाग्दो हत्या मामिलामा एक व्यक्तिलाई २५ वर्षको जेल सजाय सुनाइएको छ। ३० वर्षका एलेक्जेण्डर अल्तापोभलाई २० वर्षीया भिक्टोरिया पोभेस्मालाई दुई पटक बलात्कार गरेर हत्या गरेको अभियोगमा ३० वर्षको जेल सजाय सुनाइएको हो।

अभियुक्तले २० वर्षीया युवतीको हत्यापछि मृत शरीरलाई टुक्रा टुक्रा पारेर शहरका विभिन्न भागमा लुकाएका थिए। यो काममा उनकी गर्लफ्रेण्डले पनि सहयोग गरेकी थिइन्। अदालतले क्रिसमसको दिन अभियुक्तलाई दोषी ठहर गरेको थियो।

२० वर्षीया आर्किटेक्चर विद्यार्थी भिक्टोरिया, अभियुक्तकी पहिलेदेखि कै साथी थिइन्। तर उनको आपराधिक पृष्ठभूमिका विषयमा उनलाई जानकारी थिएन। एलेक्जेण्डरले अदालतमा बताए अनुसार भिक्टोरिया यसअघि पनि उनी बस्ने घरमा आउँथिन्। सो क्रममा उनकी गर्लफ्रेण्ड एकाटेरिना पनि सँगै हुन्थिन्।

एलेक्जेण्डरले आफ्नो फ्लाटमा दुई पटक बलात्कार गरेका थिए। यो क्रममा उनकी गर्लफ्रेण्ड सोभामा बसेर यी सबै दृष्य हेरिरहेकी थिइन्। त्यसपछि दुवै जनाले बाथरुममा लगेर भिक्टोरियाको शीर काटे अनि शरीरलाई स–सना टुक्रा बनाए। त्यसपछि शरीरको टुक्रालाई प्यास्टिकमा प्याक गरे। अनि शहरका भिन्ना भिन्नै ठाउँमा लुकाए। राति अबेरसम्म पनि छोरी घर नआएपछि परिवारले प्रहरीमा खबर गर्यो। तर प्रहरीले उनलाई फेला पार्न सकेन।

भिक्टोरियाको काटिएको शीर बगैंचामा फेला परेपछि सनसनी मच्चियो। पछि शरीरका अन्य भाग शहरका विभिन्न स्थानमा फेला परेपछि यो विषय हाइप्रोफाइल भयो। अभियुक्तले बलात्कारपछि भिक्टोरियाले प्रहरीलाई खबर गर्ने धम्की दिएपछि आफूले हत्या गरेको स्वीकार गरेका छन्। स्रोत internetsansar.com |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here