२५ कात्तिक, काठमाडौं । एसीसी यू-१९ एसिया कपमा नेपालले भारतसामू १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

0
1300

२५ कात्तिक, काठमाडौं । एसीसी यू-१९ एसिया कपमा नेपालले भारतसामू १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

पहिले ब्याटिङ गरेको नेपालले कप्ताान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङको मादतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनायो ।

नेपालको सुरुवात राम्रो रहेन । २८ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । आसिफ शेख ३ र अनिल शाह ६ रनमा आउट भए पनि । चौथो नम्बरमा ब्याटिङमा आएका दिपेन्द्रले ओपनर जितेन्द्र सिंह ठकुरीसँग मिलेर नेपालको कार्य भार सम्हाले ।

जितेन्द्र र दिपेन्द्रले तेस्रो विकेटका लागि ४९ रनको साझदारी गरे । जितेन्द्र ३६ रन बनाए । त्यसपछि आएका कुनै पनि ब्याट्सम्यानले दिपेन्द्रलाई साथ दिन सकेनन् । भीम सार्कीले १५ रन जोड्नु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेका थिएनन्

नेपालको पारी सकिन ८ बल बाँकी छँदा आठौं विकेटका रुपमा आउट भएका दिपेन्द्रले १०१ बलमा ६ चौका र एक छक्काको मदतमा ८८ रन बनाई आफ्नो शिर उचच राखे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here