२८ बर्षीया ललिताले जन्माइन् एउटै कलेजो र मुटु भएका जुम्ल्याहा बच्चा

0
90

काठमाडौँ, मंसिर ४ । हरेक जोडीको इच्छा हुन्छ सकुशल बच्चा जन्माउने । तर कहिलेकाहीँ जोडीको त्यो सपनामा तुसारापात आइदिन्छ । र अंग जोडिएका बच्चा, कुनै अंग नै नभएका बच्चा जन्मिन्छन् ।

यही घटनाको पछिल्लो साक्षी बन्न पुगेका छन् कालिकोट रास्कोट नगरपालिकाकी २८ बर्षीया ललिता बुढाका दम्पत्ति । जसको गर्भबाट शल्यक्रिया गरी शरीर जोडिएको अवस्थामा दुई छोरी निकालीएको छ ।

चिकित्सकका अनुसार सुर्खेत प्रदेश अस्पतालमा जन्मीएका शरीर जोडिएको जुम्ल्याहा शिशुको पेटदेखि छातीसम्मको भाग जोडीएको छ ।सुत्केरी हुने दिन नजिकएपछि केही दिन बुढा दम्पत्ती गर्भजाँचका लागि जिल्ला अस्पताल कालिकोट पुगेका बेला भिडियो एक्सरे गर्दा अश्वभाविक अवस्था देखिएपछि उनीहरुलाई सर्खेर रिफर गरेर बच्चा निकालिएको सुर्खेतका डा। रविन खड्काले जानकारी दिए ।

सुर्खेतका डा। रविन खड्काका अनुसार अहिले शरीर जोडिएका दुई शिशुको तौल करीब ५ केजी छ । ‘हेर्दा दुबै स्वस्थ देखिन्छन् । दुबै रुने कराउने गर्छन, दुबैलाई स्तनपान शुरु भइसकेको छ । source insidernepal |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here