३० लाखको प्रस्ताव बलात्कारीलाई जोगाउन :युवतीलाई !

0
828

काठमाण्डौ १६ मंगलबार !
काठमाण्डौको दरबार मार्गस्थित ल्याण्डमार्क होटलमा ४ जनाको समुहले एक युवतीलाई गत बिहिबार राति सामुहिक बलात्कार गरेको घटनामा प्रहरीले उजुरी दर्ता नगरी मिल्न दवाब दिएको पाइएको छ ! महानगरीय प्रहरी परिसर काठमाण्डौले उक्त घटनाको अनुसन्धान गर्न सोमबार एसपी रामदत्त जोशीको नेतृत्वमा पांच सदस्यीय छानबिन समिति गठन गरेपछि यो घटना बाहिर आएको हो ! मिडियामा खबर छ,स्रोतका अनुसार राति आफ्नो केटा साथि सहित होटलमा बसेकी ति युवतीलाई अबेर राति आएका केटाका ३ जना साथीले सामुहिक बलात्कार गरेका थिए ! शुक्रबार बिहान करिब ८ बजे उनीहरुले ति युवतीलाई ट्याक्सीमा राखेर घर छाडीदिन भनेका थिए ! युवतिले भने आफु बलात्कृत भएको बताउंदै घर होइन ,प्रहरी कहा लगिदिन ड्राइभरलाइ आग्रह गरेकी थिइन् ! ट्याक्सीका चालकले युवतीको अनुरोध पछि उनलाई महानगरीय प्रहरी वृत कमल पोखरी पुर्याइदियेका थिए ! मलाइ केटाहरुले ५ सय रुपैयाँ थमाई ठेगाना दिएर पुर्याइदिनु भने ! ट्याक्सीमा बसेपछि ति युवती रुन लागिन ! टेलिफोन सम्पर्कमा आएका ति चालकले भने उनले नजिकैको प्रहरी कार्यालयमा पुर्याइदिन अनुरोध गरिन !उनि आतिएकि थिइन् !भक्कानिदै रोए पछि मैले प्रहरी चौकीमा छाडी दिएँ त्यसपछि के भयो मलाइ थाहा भएन ! स्रोतका अनुसार महानगरीय प्रहरी वृत कमल पोखरी पुगेपछि युवतीले प्रहरी सामु आफु सामुहिक बलात्कार परेको बताएकी थिइन् ! घटना सुने लगत्तै कमल पोखरी वृतका प्रहरीले युवतीलाई घटना भएको एरिया हेर्नलाई महानगरीय प्रहरी वृत दरबार मार्गमा पुर्याए स्रोतका अनुसार दर्बारमार्ग वृतका प्रहरीले शुक्रबार बिहान होटल सम्म पुगेर घटनास्थलको अवलोकन गरेका थिए !युवतीका सहित बसेको कोठामा मदिराका बोतल थिए !आफु पुराना कुरा सम्झना नचाहाने र ठुलो मानसिक तनावमा रहेको बताईन !उनले यति मात्रै भनिन ! मैले दिएको लिखित निवेदन दर्ता भएन ! कमल पोखरी व्रिताका एक प्रहरी अनुसार प्रहरीटोलि होटल पुग्दा चार जना केटा त्यहाँ थिएनन् ! प्रहरीले चार मध्ये चक्रपथ क्षेत्रमा बस्ने २ जनाको नाम पहिचान गरेको थियो ! १ जना मंगोलियन अनुहार झट्ट हेर्दा प्रहरी जस्तै हुलिया रहेको भन्ने सुचना मात्रै पाइएको थियो ! घटनाको ४ दिन पछि सोमबार मात्रै प्रहरी प्रधान कार्यालय नक्सालले घटना बारे जानकारी पाएको थियो ! उच्च स्रोतका अनुसार बालाजु प्रहरी वृतमा दरबन्दी भई दर्बारमार्ग वृतमा काम गरिरहेका लक्ष्मन सिंह ठकुरी उक्त घटनालाई दर्ता गर्न भन्दा मिलाउन तिर लागेका हुन ! स्रोतका अनुसार घटना सार्वजनिक भए सामाजिक अवगाल आइ पर्ने र मुद्दा मामिलाको झन्झट व्योहोर्नु पर्ने भन्दै मोटो रकमको आश्वासन दिएको थियो ! युवतीलाई २० लाख रुपैयाँ बराबरको पसल खोलिदिने र ३० लाख नगद दिने सर्तमा कुरा थामथुम पारिएको थियो ! त्यसमा प्रहरीलाई पनि राम्रै लाभ हुने सहमति भएको स्रोतले बतायो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here