४३ वर्षीय जेठाजु’ले ३५ वर्षीया बुहारी’लाई खु’कुरी प्र’हार गरी ह’त्या गरे ….

0
55

ताप्लेजङको पाथिभरा याङओरक गाउँपालिका–२ थ्येचम्बुमा शुक्रबार साँझ ४३ वर्षीय जेठाजु पूर्णकुमार लिम्बूले ३५ वर्षीया बुहारी शुकमायको खु’कुरी प्र’हार गरी ह’त्या गरेको आरोपमा प्रहरीले पूर्णकुमारलाई पक्राउ गरेको छ ।

पूर्णकुमारले घर नजिकैको बाटो हिँडिरहेको समयमा बुहारीलाई खु’कुरीले टाउको र घाँटीमा प्र’हार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पूर्णकुमारलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँल जानकारी दिनुभयो।

यो पनि, कैलालीको चुरे गाउँपालिका–६ नुवाकोटस्थित भिरबाट खसेर एक जनाको आज मृत्यु भएको छ । बिहीबार बिहान घरबाट खसीबोका खरिद गर्न हिँडेका ३४ वर्षीय प्रेमबहादुर रावत भिरबाट झण्डै ५०० मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी

नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । मृतक रावत घाइते अवस्थामा फेला परेका र उनलाई आफन्तले भिरबाट उद्धार गरी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here