४५ जिल्लामा भोलि गाडी नचल्ने सार्बजनिक बिदा !!

0
1639

मङ्सिर २० बुधबार काठमाण्डौ < निर्वाचन आयोगले बिहिबार हुने चुनाबको सबै तयारि पुरा भएको जनाएको छ ! बुधबार बेलुका ५ बजे सम्म सबै मतदान केन्द्र बनाइसक्ने आयोगले जनाएको छ ! बिहिबार बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म मतदान गर्न सकिन्छ ! आयोगले चुनाबको तयारि बारे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराउंदै छ ! दिउसो साढे २ बजे चुनाबको सबै तयारि बारे जानकारी गराइने आयोगका प्रबक्ता नवराज ढकालले जानकारी दिनु भयो !यस्तै ग्रीहमन्त्रालयले पनि दिउसोनै पत्रकार सम्मेलन गरेर सुरक्षाको बारेमा जानकारी गराउदै छ ! बिहिबार चुनाब हुने ४५ जिल्लामा पास लिएका गाडी र अत्यावश्यक गाडी मात्र चल्न पाउने छन् ! अरु गाडी भने आज मध्ये राति १२ बजे देखि भोलि बेलुकी ७ बजे सम्म चलाउन नपाइने ग्रिह मन्त्रालयले जनाएको, छ ! मन्त्रालयले सार्बजनिक सुचना निकालेरनै बिहिबार गाडी नचल्ने हुँदा बुधबार राति १२ अगावै गन्तव्यमा पुग्नेगरि यात्रा थाल्न आग्रह पनि गरेको छ ! सरकारले चुनाब हुने ४५ जिल्लामा भोलि सार्बजनिक बिदा दिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here