४७ करोड रुपैंया खर्च :प्रत्येक प्रदेशलाई !

0
611

माघ १९ शुक्रबार काठमाण्डौ !
अर्थ मन्त्रालयले चालु खर्चको लागि सात वटै प्रदेशमा आज ३ अर्ब २९ करोड रकम पठाएको छ ! प्रदेश सभाको पहिलो बैठक बोलाउने तयारी भैरहंदा अर्थ मन्त्रालयले आज ४७ करोडका दरले सातवटै प्रदेशमा रकम पठाएको हो ! रकम खर्च गर्ने अख्तियारी प्रदेशका मुख्य सचिव र प्रदेश सभाका सचिवलाई दीएको अर्थ सचिव शंकरप्रसाद अधिकारीले जानकारी दिनुभयो ! प्रदेशहरुको बार्षिक खर्चको लागि एक अर्ब रुपैंयाका दरले विनियोजन गर्ने व्यवस्था बजेटमै गरिएको छ !प्रदेशहरुले संचित कोष खाता खोलिसकेपछि कानुन अनुसार सो रकम खर्च गर्न पाउने सचिव अधिकारिले बताउनु भयो ! यस अघि अर्थ मन्त्रालयले प्रदेशमा तत्काल पूर्वाधार निर्माण ,भौतिक संरचना मर्मत लगायतका लागि १५ करोड रुपैंया सहरी विकाश मन्त्रालय मार्फत दिईसकेको छ ! प्रदेशको आवश्यकता अनुसार क्रमैसंग बजेट निकासा भैरहेको अर्थ मन्त्रालयले जनाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here