५ जना पक्राउ नक्कली नोटसहित !

0
1364

फागुन १५ मंगलबार काठमाण्डौ !काठमाण्डौ प्रहरीले काठमाण्डौका विभिन्न ठाउँबाट ५,५ ,सयका नक्कली नोट सहित करिब २१ हजार सहित ५ जनालाई पक्राउ गरेको छ ! पक्राउ पर्नेहरु यस प्रकार छन् ताल्सिखेल्का २३ बर्षका आशिस माझि ,नेमा तामांङ ,धनुषा घर भई नख्खिपोट बस्दै आएका २५ बर्षका धिरज बहादुर ठकुरी ,भोजपुर घर भई नख्खिपोट बस्दै आएका २५ बर्षीय निगम राइ ,सोलु खुम्बु घरभई काठमाण्डौ कपन बस्दै आएका ३१ भेषकुमार थापा मगर, र गोदावरी घर भएका तर ताल्सिखेलमा वर्कसप चलाइरहेका ३० बर्षका मनोज केसी , रहेका छन् ! यिनीहरु पक्राउ परेता पनि नक्कली नोट कसले बनाउछ, त्यो समूह तथा प्रमुख व्यक्ति पत्ता लागेको छैन ! कसैको सुराकीका आधारमा प्ररिसरले तिनीहरुलाई पक्राउ गरेको थियो ! काठमाण्डौको कतिपय पसलहरुमा नक्कली नोट प्रयोग भएको र सुराकीको आधारमा प्रहरी तिनीहरुलाई पक्रन सक्षम भएको थियो ! तिनीहरुको साथबाट २१ हजार नक्कली नोट बरामद भएको काठमाण्डौ प्रहरीले जनाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here