६ देशका कार्यकारी प्रमुखलाई राष्ट्रपति भवनमा दिवाभोज |

0
704

भाद्र १४ काठमाण्डौ | बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आइपुगेका ६ वटै मुलुकका कार्यकारी प्रमुखहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट पाहुनाहरूलाई दिवाभोज दिएकी छन्।

सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबैसँग संयुक्त भेटवार्ताका गर्ने कार्यक्रम रहेको छ। दिवाभोजमा सहभागी हुनका लागि सबै प्रमुख पाहुनाहरू राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। दिवाभोजमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागिता रहेको छ। राष्ट्रपतिसँगको भेटवार्ताका लागि शितल निवास पुगेका उनीहरूलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल,राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरेका थिए। बिहीबारबाट शुरु हुने शिखर सम्मेलनअघि राष्ट्रपति भण्डारीले उनीहरुको सम्मानमा दिवा भोजको आयोजना गरेकी छन्।

सो दिवा भोजमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरू सो कार्यक्रममा सहभागी हुनेछन्। बिम्स्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन्। बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, म्यान्मारका राष्ट्रपति विन मिन्त, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा अाएका छन्। थाहा संवाददाता सम्बन्धित समाचार डोल्पाबाट वामदेवले उम्मेदवारी दिए स्रोत thahakhabar.com/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here