९ दिन देखि बेपत्ता भएका २२ वर्षीय संगीत जिसीको शव : टाउको चुडिएको अवस्थामा स्वयम्भुमा भेटियो |

0
623

भाद्र १९ काठमाण्डौ-बागलुङ जिल्ला वुर्तिबाङ निवासी २२ वर्षीय संगीत जिसीको शव काठमाडौंको स्वयम्भुमा टाउको चुडिएको अवस्थामा फेला परेको छ ।अध्ययनको लागि काठमाडौँ बस्दै आएका जिसी ९ दिन देखि बेपत्ता भएका थिए ।पत्ता भएको ९ दिन पछि टाउको नभएको शव फेला परेपछि उनका आफन्तहरु मर्माहत भएका छन् ।

कपडाको आधारमा जिशीको शब फेला परेको हो ।उनको अपहरण पछि हत्या भएको हुन सक्ने मृतक युवाका मामा मुकुट रायमाझीले बताएका छन् । भान्जा हराएको भन्दै प्रहरीमा उजुरी दिएको भएता पनि समयमा उद्धार हुन नसक्दा हत्या भउको मामाले बताएका छन् ।उनको शव अहिले पोस्टमार्टमका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा राखिएको छ। स्रोत ओएस नेपाल|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here