सवारी दुर्घटनामा परे हाँस्य कलाकार (तक्मे बुढा)

0
788

फाल्गुन १ मंगलबार काठमाण्डौ ! हाँस्य कलाकार विल्सन बिक्रम राई (तक्मे बुढा) सवारी दुर्घटनामा परेका छन् ! सोमबार राति मधुमल्ला महोत्सवमा सहभागी भएर झापा बिर्तामोड फर्किने क्रममा विल्सनको राति १२ बजे उनि सवार भएको कार दुर्घटना भएको हो ! बाटोमा कुकुरलाई बचाउन खोज्दा दुर्घटना भएको बताइएको छ ! विल्सनले अईटेन कार आफै चलाएका थिए ! उक्त कार सडकको किनारा तर्फ पल्टिएको छ ! उनीसंगै कारमा बिशाल लिम्बु ,युकेश लिम्बु ,समिल राई र बालकलाकार जेसिका राइ समेत रहेको बताइएको छ ! उनीहरु शकुसल रहेको बताइएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here