अभिनेता कमल हसन राजनीतिमा लाग्दै !

0
843

फाल्गुन ६ आइतबार काठमाण्डौ ! दक्षिण भारतका अभिनेता कमल हसन यतिबेला राजनीतिमा लाग्ने घोषणा गरेका छन् ! उनले घोषणा गर्नु पुर्वनै दक्षिण भारतमा भगवानको दर्जा मानिने अर्का अभिनेता रजनी कान्तले राजनीतिमा लाग्ने घोषणा गरेको धेरै भएको छैन ! अभिनेता कमल हसनले पार्टी शिद्धान्त बारे केहि दिनपछिनै छलफल गर्ने बताएका छन् !दक्षिण भारतको एक निजि च्यानलको समाचारमा उनले भनेका थिए !प्रदर्शन हुन बाँकी रहेको दुई फिल्म बाहेक मेरो अरु कुनै गर्नु पर्ने कार्य छैन ! त्यसैले अब दक्षिण भारतका जनताका लागि चुनाव लड्छु ! चुनावमा हर्नपनि सकिन्छनि ? भन्ने प्रश्नमा उनि भन्छन म हार्नको लागि राजनीतिक होस् या कुनैपनि काम गर्दिन ! र म राजनीतिमा नभएपनि अहिले सम्म धेरै समाज सेवा र दुख पाएका व्यक्तिहरुको १० औँ लाख कार्यकर्ताको सेवा गरेको छु उनले भने, साथै म ईमान्दार पनि छु ,मेरो खातामा पैसा बढाउनको लागि राजनीतिमा आउने होइन ! मेरो आइडल भनेको माहात्मा गान्धी र र जवाहरलाल नेहरु हुन् ! म राजनीतिमा गएपछि धेरै राम्रा काम गर्नेछु ! आफ्नो लागि होइन राष्ट्रका जनताका लागी !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here