अपांगता भएकी किशोरीमाथि बलात्कार: उक्त घटनामा ड्राइभर खलासी संलग्न !

0
745

चैत ८ काठमाण्डौ ! ! मानसिक अपांगता भएकी १५ वर्षीया किशोरीमाथि आठ दिनसम्म सामूहिक बलात्कार भएको छ । कीर्तिपुरकी ती किशोरीलाई बसका चालक र सहचालकले १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको हो । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ । अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किशोरीलाई दुई समूहले सामूहिक बलात्कार गरेका हुन् । घटनामा सातजनाभन्दा बढी संलग्न थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।‘किशोरीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न चारजनालाई पक्राउ गरिएको छ । बाँकीको खोजी भइरहेको छ । घटनाको विवरण अहिले गोप्य राखिएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने ।परिसरका डिएसपी मोहन थापाले किशोरीलाई बसका चालक–सहचालकसहितका छुट्टाछुट्टै दुई समूहले सामूहिक बलात्कार गरेको बताए । उनले भने, ‘किशोरीमाथि दुई समूहले बलात्कार गरेको खुलेको छ । उनीहरूले बन्धक बनाएर बलात्कार गरेको देखिन्छ । मानसिक अपांगता भएकी १५ वर्षीया किशोरीमाथि आठ दिनसम्म सामूहिक बलात्कार भएको छ । कीर्तिपुरकी ती किशोरीलाई बसका चालक र सहचालकले १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको हो । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ । अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किशोरीलाई दुई समूहले सामूहिक बलात्कार गरेका हुन् । घटनामा सातजनाभन्दा बढी संलग्न थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।‘किशोरीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न चारजनालाई पक्राउ गरिएको छ । बाँकीको खोजी भइरहेको छ । घटनाको विवरण अहिले गोप्य राखिएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने । परिसरका डिएसपी मोहन थापाले किशोरीलाई बसका चालक–सहचालकसहितका छुट्टाछुट्टै दुई समूहले सामूहिक बलात्कार गरेको बताए । उनले भने, ‘किशोरीमाथि दुई समूहले बलात्कार गरेको खुलेको छ । उनीहरूले बन्धक बनाएर बलात्कार गरेको देखिन्छ । घटना विवरण बुझेपछि किशोरीका परिवारले प्रहरी परिसर काठमाडौंमा जबर्जस्ती करणीको मुद्दा हाले । त्यसपछि चार अभियुक्त पक्राउ परे । बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ । परिसरका डिएसपी थापाले भने, ‘पक्राउ परेका अभियुक्तबारे अहिले केही खुलाइएको छैन । घटना अनुसन्धानकै क्रममा रहेकाले विवरण नखुलाइएको हो । घटनामा संलग्न सबै अभियुक्त पक्राउपछि उनीहरूलाई सार्वजनिक गरिनेछ !(स्रोत शिखर न्युज)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here