असार २९ काठमाण्डौ |पोर्न स्टारबाट बलिउड क्षेत्रमा प्रवेश गरेकी बलिउड नायिका हुन् सनी लियोनी । उनको जीवनीमा बनेको चलचित्रको ट्रेलर रिलिज भएको छ । ट्रेलर रिलिज संगै सो चलचित्रको विवाद पनि सुरु भएको छ ।
किरनजीत कौर नाम मै धेरैले आपत्ति जनाएका हुन् । एसजीपीसीका प्रवक्ता दिलजीत सिंहले सनीको बायोपिकको नाम र फिल्ममा उनले प्रयोग गरेको उनको नाममा आपत्ति जनाएका छन् ।
सो चलचित्रमा सनी लियोनी आफ्नै भूमिका आँफैले निर्वाह गरेकी छिन्। दिलजीतले उक्त चलचित्रमा प्रयोग भएको शब्दले भावनासँग खेलवाड भएको बताएका छन्। उनले भनेका छन्, धर्म परिवर्तन गरिसकेकी सनीले कौर शब्दको प्रयोग गर्न नमिल्ने बताएका छन्। यो बारेमा चलचित्र युनिट र सनीले भने कुनै प्रतिक्रिया दिएका छैनन्।