नेपाली टिपिकल गीत चुइगम चपाउँदैमा मोडेल नयन डिसीको बबाल डान्स !

0
4062

फागुन २५ काठमाण्डौ !नेपाली गीत संगीतमा आफ्नो डान्स र अभिनय क्षमताको भरमा छुट्टै पहिचान बनाएका मोडेल नयन डिसी पुन: एक पटक नेपाली टिपिकल गीत (चुइगम चपाउँदै) बोलको भिडियो मार्फत दर्शक स्रोता माझ आएका छन् ! आफ्नो काम र डान्स अभिनयलाई भगवान मान्ने मोडेल नयन डिसी डान्स प्राक्टिस गर्दागर्दै उनको खुट्टा फ्याक्चर भएर केहि समय रेस्ट गरेका मोडल नयन डिसीको खुट्टाको कन्डिसन ठिक नहुँदानहुँदै पनि आफ्नो डान्समा कुनै कसर बाँकी नराखी यो गीत चुइगम चपाउँदैमा बबाल डान्स र अभिनय गरेका छन् ! त्यसो त पछिल्लो समय फर्केर हेर्दा उनले अभिनय र डान्स गरेका धेरै गीतका भिडियोहरुले दर्शकको मन जितिसकेका छन् ! उनि स्वयम् कैयौं भिडियोमा कोरियोग्राफी पनि गर्दछन् ! यसरी भन्नु पर्दा उनलाई बहु प्रतिभाका धनि मोडेल भन्दा पनि फरक नपर्ला, हरेक पटक उनले अभिनय गरेको म्युजिक भिडियोमा केहि न केहि फरक स्वाद दर्शकले पाउने गरेको उनको डान्स र अभिनयले प्रस्ट पारेको छ ! अहिले पनि यो चुइगम चपाउँदै बोलको गीतमा जसरि गीत टिपिकल छ, त्यसरीनै मोडेल नयनको डान्स र अभिनय टिपिकल नेपाली पाराको, रमाइलो गीतको भिडियो बनेकोमा दाबी गरेकाछन् मोडेल नयन डिसी ! चर्चित संगीतकार श्रीकृष्ण बम मल्लको शब्द, संगीत तथा स्वरमा सजिएको गीतमा मोडेल नयन डिसी ,अलिशा शर्मा ,ग्रुभी बोएजको रमाइलो अभिनय सहितको डान्स देख्न पाइन्छ ! यस गीतको भिडियोलाई भुवन स्यान्बो तामाङले निर्देशन गरेका छन् भने, ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् ! गीतको भिडियोलाई बिकाश ग्यवालीले सम्पादन गरेका छन् ! त्यसै गरी गीतको भिडियोमा सुर्य यंजनको कोरियोग्राफी रहेको छ ! यो गीतको भिडियोलाई आर यस डिजिटल प्रालिले बजारमा ल्याएको छ ! यो गीत अहिले यु ट्युबमा चर्चामा रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here